१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

सशस्त्रले छापा मार्दा भेटियो अनुदानको १२४ बोरा मल

सशस्त्र प्रहरीले छापा हानेर अवैधरुपमा घरमा लुकाई राखेको अनुदानको १ सय २४ बोरा डिएपी रासायिकन मल बरामद गरेको छ । बिहीबार दिउँसो सुराकीका आधारमा जिल्लाको शुद्धोधन गाउपालिका १ अनहराट स्थित फुल चन्द्र यादबको घरमा राखिएको अवस्थामा सो मल बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक नेत्र केसीले बताए ।  

सशस्त्र प्रहरी बल २८ गणबाट सहायक प्रहरी निरीक्षक धनन्जय केसीको कमाण्डमा १९ जना खटिएको टोलीले यादवको घरमा छापा हानेको हो । बरादम मल आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको केसीले बताए ।  

सो मल यादवको घरमा कसरी पुग्यो र कुन कृषि सहकारीबाट गयो सो विषयको अनुसन्धान गरिनु पर्ने किसानको माग छ । सो मल कृषि सामग्री कम्पनीबाट कृषि सहकारीले पालिकाले तोकेको कोटा अनुसार लगेको थियो । तर किसानका नाममा लगिएको मल कृषि सहकारीले बढी रकम लिई बेचेको किसानको आरोप छ ।

प्रकाशित: १३ कार्तिक २०८२ १९:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App