१३ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
समाज

नेपाल टेलिकममा ८० कर्मचारीका लागि आवेदन खुला

नेपाल टेलिकमले विभिन्न पदमा ८० जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। 

लोक सेवा आयोगबाट सहमति प्राप्त भएपछि टेलिकमले शुक्रबार सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत कर्मचारी भर्ना गर्न लागेको जनाएको हो। 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी मंसिर ३ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। टेलिकमले नवौँ तहमा उपप्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ व्यापार अधिकृत र वरिष्ठ लेखा अधिकृत एक–एक जना माग गरेको छ। 

त्यस्तै, टेलिकम इन्जिनियर १०, सहायक प्रशासकीय अधिकृत ९, टेलिकम टेक्निसियन ९, चौथो तहका सहायक १७ र तेस्रो तहका जुनियर टेक्निसियन १२ जना माग गरिएको छ। 

प्रकाशित: १३ कार्तिक २०८३ १२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App