१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

बाढीबाट प्रभावित बालबालिकाको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न अपिल

सांकेतिक तस्बिर

राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा उद्धार गरिएका बालबालिकाको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न अपिल गरेको छ।

परिषद्ले भदौ १० गते आएको बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको उद्धार, राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गराउँदा खिचिएका फोटो तथा भिडियो फेसबुक, म्यासेन्जर, युट्युब, टिकटक, इन्स्टाग्राम, मेटा, लिंक्डइन, थ्रेड्स, स्न्यापच्याट, भाइबर, ह्वाट्सएप, एक्स/ट्विटरलगायत सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा पोस्ट नगर्न आग्रह गरेको हो।

परिषद्का सूचना अधिकारी रामबहादुर चन्दद्वारा जारी विज्ञप्तिमा बालबालिकाको गोपनीयता, मर्यादा र सम्मानको संरक्षण गर्नुपर्ने भन्दै प्रभावित तथा पीडित बालबालिकाका फोटो तथा भिडियो पोस्ट नगर्न व्यक्ति तथा संघसंस्थालाई आग्रह गरिएको छ।

विपद्का बेला बालबालिकाको उद्धार तथा राहतसम्बन्धी गतिविधि सार्वजनिक गर्दा उनीहरूको पहिचान, व्यक्तिगत अवस्था र संवेदनशीलतामा असर पर्न सक्ने भएकाले बाल अधिकारको संरक्षणलाई प्राथमिकता दिन परिषद्ले आग्रह गरेको हो।

प्रकाशित: १६ भाद्र २०८३ ०९:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App