२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

तुईन खोलामा पुनः पहिरो, दसैँका लागि घर निस्किएका यात्रु अलपत्र

<br>

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुईन खोलामा पहिरो खस्दा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। आज मध्यान्ह १२ बजे माथिबाट ठुलो मात्रामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। अहिलेसम्म पहिरो पूर्ण रूपमा हटाउन नसकिएको र माथिबाट निरन्तर रूपमा ढुंगा–माटो खसिरहेको प्रहरीले जनाएको छ।

दसैँका लागि घर निस्किएका यात्रुहरू लामो समयदेखि बाटोमा रोकिएका छन्। सडक सफा गर्ने प्रयास भइरहेको भए पनि अविरल पहिरोका कारण कठिनाइ भएको बताइएको छ।

प्रकाशित: १३ आश्विन २०८२ १७:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App