२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

निर्मल पुर्जाको निधनप्रति अन्नपूर्ण गाउँपालिकामा शोक बिदा

विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उनको जन्मस्थल म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ ले सोमबार शोक बिदा दिने निर्णय गरेको छ। 

अन्नपूर्ण गाउँपालिकाले ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका निर्मल पुर्जा तथा आरोहण टोलीका अन्य सदस्यहरूप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको सम्मानस्वरूप शोक बिदा दिने निर्णय गरेको छ। 

गाउँपालिकाले निर्मल पुर्जाको असामयिक निधनले नेपाल मात्र नभई विश्व पर्वतारोहण समुदायलाई नै अपूरणीय क्षति पुगेको उल्लेख गर्दै साहस, समर्पण र कीर्तिमानी आरोहणमार्फत उनले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको योगदान सधैं स्मरणीय रहने जनाएको छ। 

प्रकाशित: १७ श्रावण २०८३ ११:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App