३ वैशाख २०८३ बिहीबार
image/svg+xml
समाज

कालीकोटमा एम्बुलेन्स दुर्घटना: दुई जनाको मृत्यु, दुई गम्भीर

कालीकोटको खाँडाचक्र नगरपालिका-२ स्थित मेयर खोला नजिकै एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर सुर्खेत जाँदै गरेको हिमा गाउँपालिकाकै एम्बुलेन्स दुर्घटनामा परेको हो।

एम्बुलेन्समा चालकसहित जम्मा चार जना सवार थिए।

दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको हाल जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ। मृतकको पहिचान खुल्न र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ चैत्र २०८२ २१:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App