१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित

फाइल तस्बिर

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान केही ढिला हुन गएका छन्। 

अहिले अन्तर्राष्ट्रियतर्फ उडान केही समयदेखि ‘होल्ड’ मा रहेका छन्। हिमाली क्षेत्रतर्फ लुक्लाको तेञ्जिङ हिलारी, हुम्लाको सिमीकोटलगायत विमानस्थलमा उडान सामान्य प्रभावित भएको बताइएको छ। विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार खराब मौसमका कारण अहिले विमानस्थलमा इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्रै भइरहेको छ। केही उडान डिले भए पनि रद्द नै गर्नुपर्ने अवस्था नभएको उनले बताए। निश्चित हवाई रुट भएकाले उडानमा सामान्य चाप बढेको छ।

हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ। यस प्रणालीको प्रभावले गएरातिदेखि बुधवार बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकाको आकाशमा बिहानदेखि बद्ली रहेको छ। रासस

प्रकाशित: ११ कार्तिक २०८२ १३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App