२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

२४ घण्टामा एक हजार ८१३ सवारी चालकमाथि कारबाही, कति राजस्व उठ्यो?

फाइल तस्बिर

बितेका २४ घण्टामा एक हजार ८१३ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्य कोषमा रु पाँच लाख २८ हजार ५०१ राजस्व दाखिला भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको नौ, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १०५,  सङ्केत बत्ती उल्लङ्घनकर्ता ११९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११५ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने ७९, सडक पेटीमा ‘पार्किङ’ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ६५ र अन्य सवारी नियम पालना नगरेका एक हजार ११० जनालाई कारबाही गरिएको हो।

प्रकाशित: २१ असार २०८३ ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App