सीपले सिर्जनशील बनाउँछ र जीविकोपार्जनमा सहयोग पुर्याउँँछ। ज्ञान, सीप र अवधारणालाई व्यवहारिक बनाउन सकिएमा जीवन जिउन लायक हुने गर्दछ। सीप हुनेले श्रम गर्छ र पसिना बगाउँछ। पसिनाकाे संगीतमा जीवनको यथार्थ लुकेको हुन्छ। उनले भन्छन्,´ जीवन साैभाग्य हो। जीवनको सुन्दरता कलामा हुने गर्छ। सीपमा कला र जाँगर थपेपछि जीवन सुखमय हुने गर्छ। यो उनको व्यावहारिक सिकाइ हो। उनले आफ्नो ज्ञान सीपमा रूपान्तरण गरेर हजारौंका जीवन गरिखाने कला थपे र आज सबैको प्रिय पात्र बनेका छन्।
देवीप्रसाद पाण्डे (जटिल)। पार्टीले उनको नाम जटिल राखिदिएकाे थियाे। उनकाे खास नाम देवीप्रसाद पाण्डे हो। तत्कालीन नेकपा (माओवादी)मा सहमति भए। कुरा २०५८ सालमा देश र जनताको मुहार फेर्न अनि आर्थिक समृद्धिका लागि आफ्नो ज्यान बाजी थापेका थिए। यो कुनै मजाककाे विषय थिएन। दबाइएका आवाजहरूकाे उजागर गर्ने ध्येय थियाे। आजभोलि पाण्डेले जीवन जिउने नयाँ बाटो राेजेका छन्। अर्थात् पेन्टिङ गरेर आर्थिक समृद्धिकाे ढाेका उर्घान तल्लीन छन्। जनयुद्धमै उनले पेन्टिङकाे गर्थें। पार्टीका नारा लेख्ने, चित्र काेर्ने र विभिन्न बाेर्डमा लेख्ने अवसर पाए।
उनले भने, ‘त्यो तत्कालीन (माओवादी)मा सिकेको सीप आज मेरा लागि गरिखाने बाटो मात्र होइन, जीवनकाे नयाँ आयाम बनेको छ। स्कुलका हाेर्डिङ बाेर्ड, धारामा चित्र काेर्ने, साइनबोर्ड लेख्ने र उपभोक्ता समितिका होर्डिङबोर्डदेखि सरकारी तथा गैरसरकारी कार्यालयका ब्यानर तयार गर्दै छु।’
उनले जुम्लाका धेरै गाउँबस्तीमा उक्त सीपमुलक तालिम हजारौंलाई दिइसकेका छन्। धेरैले आफ्नो उद्यम चलाएर जीविकोपार्जनकाे मुख्य पेसा बनाएका छन्। आफूले सिकाएको सीपले धेरैले आयआर्जनकाे बाटाे बनाएकाे सुन्दा आनन्द लागेको उनी बताउँछन्।
त्यो सीपले अधिकांंश युवालाई आफ्नो खुट्टामा उभ्याएको छ। राेजगारीमुखी बनाएको छ।सिर्जनशील भई जीविकोपार्जन गर्न प्रेरित गरेको छ। सीप र क्षमताले पाण्डेलाई नयाँ परिचय दिएको छ।
जुम्लाको तातोपानी गाउँपालिका -४ का पाण्डेले अहिले जिल्लाका विभिन्न विद्यालय र गाउँगाउँमा पुग्छन्। मासिक न्यूनतम ५० हजारदेखि ५५ हजार आम्दानी गर्छन्। उनले २२ वर्षदेखि यो कार्य गरिरहेका छन्। छाेराछाेरी पढ्ने, घर खर्च, लुगाफाटो सजिलो भइरहेको छ।
प्रकाशित: २३ श्रावण २०८२ ११:३४ शुक्रबार





