म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङबाट आज प्रसूति ब्यथा लागेकी महिलाको हेलिप्कटरबाट उद्धार गरिएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार मराङ स्वास्थ्यचौकीमा प्रसूति ब्यथा लागेर आएकी विष्णुकुमारी गर्बुजालाई हेलिकप्टरबाट उद्धार गरेर गण्डकी अस्पताल पोखरा पुर्याएको हो।
गण्डकी प्रदेश सरकारले विकट क्षेत्रमा जटिल अवस्थाका सुत्केरी र गर्भवतीको उद्धारका लागि निःशुल्क हवाई उद्धार गर्दै आएको छ।
प्रकाशित: १५ कार्तिक २०८२ १६:१९ शनिबार





