अहिले सुदूरपश्चिमबाहेकका सबै प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हाल बागमती र गण्डकी प्रदेशका केही तथा कोशी, मधेश, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमसम्मको पानी परिरहेको छ।
उक्त प्रणाली पूर्व तिर सर्ने क्रममा रहेको र नयाँ प्रणालीहरू समेत विकसित हुँदै गइरहेकोले थप मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
प्रकाशित: १६ वैशाख २०८३ १४:५५ बुधबार





