ललितपुरको कार्य विनायक मन्दिर परिसर भित्रको पाटीमा सोमबार एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
ललितपुर महानगरपालिका-२२ बुँग्मतीस्थित मन्दिर परिसरमा गोदावरी नगरपालिका-८ टोकलमाट बस्ने ४० वर्षीय ज्ञान कुमार योन्जन मृत भेटिएका हुन्। उनको मृत्युको कारण खुलेको छैन।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: १६ कार्तिक २०८३ १६:५२ सोमबार





-600x400.jpg)