काठमाडौंको कीर्तिपुर नगरपालिका ६, चोभार क्षेत्रमा एक पुरुष हाम फालेका छन्।
किर्तिपुर प्रहरी परिसरका अनुसार हालसम्म हाम फाल्ने व्यक्तिको पहिचान खुलेको छैन। प्रहरीका अनुसार उक्त हामफाल्ने व्यक्ति पुरुष रहेका र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
खोजी कार्य जारी रहेको हुँदा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ७ श्रावण २०८३ १३:१६ बिहीबार





