२० श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक

तेक्वान्दो खेलाडी वैभवी सापकोटाले हाइनान कप अन्तरराष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा नेपाललाई स्वर्णसहित दुई पदक दिलाएकी छिन् । 

चीनको हाइनान प्रदेशस्थित हाइकाउ सहरको तुनचाङ काउन्टी रङ्गशालामा भएको उक्त प्रतियोगितामा वैभवीले पुम्से विधामा स्वर्ण र क्योरुगी विधामा दोस्रो हुँदै रजत पदक जितेकी हुन् । 

उक्त प्रतियोगितामा दक्षिण कोरिया, फिलिपिन्स, इन्डोनेसिया, सिङ्गापुर, मलेसिया, बङ्गलादेश, थाइल्यान्ड, भियतनाम, हङकङ, पाकिस्तानलगायत देशका खेलाडीको सहभागिता रहेको थियो । 

अन्तिम चरणमा थाइल्यान्ड र चीनलाई पराजित गर्दै वैभवीले पुम्से विधामा स्वर्ण जितेकी हुन् । उता क्योरुगी विधाको निकै प्रतिस्पर्धात्मक खेलमा थाइल्यान्डसँग अन्तिम चरणमा पराजित हुँदै वैभवी दोस्रो भइन् ।

प्रकाशित: ९ श्रावण २०८३ २१:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App