२५ श्रावण २०८३ सोमबार
image/svg+xml
समाज

गोठमा फ्यान चलाउँदा करेन्ट लागेर सप्तरीमा एक पुरुषको मृत्यु

तिलाठी कोईलाडी गाउँपालिका-२ लौनियाका ५८ वर्षीय लाल देब खंगको गोठमा फ्यान चलाउने क्रममा करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ।

आफ्नै गोठमा रहेको फ्यान चलाउन खोज्दा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। लगत्तै उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल लगिएका खंगको उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ।

घटनाको कारण र वस्तुस्थितिका विषयमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: २५ श्रावण २०८३ १४:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App