२० वैशाख २०८३ आइतबार
image/svg+xml
समाज

ग्यास लिक भएर आगलागी हुँदा एक घर जलेर नष्ट

सांकेतिक फाइल तस्बिर

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित भारदहमा शनिबार ग्यास लिक भएर आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।  

आगलागीबाट धर्मदेव दासको जस्ताले बनेको चार कोठे घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार साहले जानकारी दिए । सो आगलागीबाट दासको तीन कोठे भान्सा घरसमेत जलेर नष्ट भएको छ ।

आगलागीमा परेर खाद्यान्न, लत्ताकपडा र फर्निचरसहित गरी अनुमानित ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।  बाटो साँघुरो भएकाले समयमै बारुण यन्त्र घटनास्थलसम्म पुर्याउन नसक्दा बढी क्षति भएको थियो  ।  

स्थानीयवासी, प्रहरी र नगरपालिकाको बारुणयन्त्रको संयुक्त प्रयासमा आगो निभाइएको थियो । आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन । 

प्रकाशित: २८ चैत्र २०८२ १५:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App