१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

माछा मार्न गएका राईको लडेर मृत्यु

स्थानीय कासुवाखोलामा माछा मार्न गएका मकालु-३ उलिङका ४५ वर्षीय जापान राईको लडेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार ढुङ्गामा चिप्लिएर उनको मृत्यु भएको हो।

बुधबार अपराह्न भएको यो दुर्घटनाको खबर प्राप्त हुनासाथ हेदाङ्नागढीस्थित इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको जानकारी दिंदै उनले शव परीक्षणका निम्ति आज जिल्ला अस्पताल पुर्‍याइने बताए। उनीसँगै माछा मार्न गएका भानसिंह राईसँग प्रहरीले सोधपुछ एवं अनुसन्धान गरेको छ।

प्रकाशित: १२ भाद्र २०८२ १०:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App