१९ पुस २०८२ शनिबार
image/svg+xml
समाज

हुम्लामा आगलागी

सर्केगाड गाउँपालिका–४ को झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको किराना पसल आगलागीबाट जलेर नष्ट भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले आज बिहान आगलागी हुँदा किराना पसलका सामान, स्टेसनरी, कपडा, पेट्रोललगायत सामान जलेर नष्ट भएको जानकारी दिए।

स्थानीयवासी र सर्केगाडका प्रहरी टोलीको सक्रियतामा आगो नियन्त्रणमा आएको छ। आगलागीबाट कति क्षति भयो भन्नेबारे यकिन विवरण प्राप्त नभएको उनले बताए।

प्रकाशित: ४ श्रावण २०८२ ०९:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App