१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

लुम्बिनी विकास बैंकको शाखामा आगलागी, ३० लाख बढीको क्षति

कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटा स्थित लुम्बिनी विकास बैंकको शाखा कार्यालयमा आगलागी हुँदा ३० लाखभन्दा बढीको सरसामान जलेर नष्ट भएको छ। 

शनिबार पौने ८ बजेतिर विद्युत सर्ट भएर आगलागी हुँदा बैंकमा रहेको सरसामान जलेर नष्ट भएको हो। इलाका प्रहरी कार्यालयका अनुसार बैंकमा रहेको एसी, फर्निचर, ल्यापटप कम्प्युटरलगायतका सरसामानहरू जलेर नष्ट भएका छन्। 

सो आगलागी शिवराज नगरपालिकाको दमकल र सुरक्षाकर्मीको सहयोगमा डेढ घन्टामा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजन शाहले बताए। 

आगलागीले भवनबाहिर रहेका केही सरसामानसमेत क्षतिग्रस्त भएको छ। बैंकमा रहेको नगद र अन्य डाटाहरू भने सुरक्षित रहेको शाहले बताए।

प्रकाशित: १० श्रावण २०८२ १४:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App