१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

बडादशैंकाे अवसर पारी पाथीभरा मन्दिरमा गरे एक जोडीले विवाह

बडादशैंको अवसर पारेर एक जोडीले ३ हजार ७ सय ९४ मिटर उचाइको ताप्लेजुङस्थित पाथीभरा मन्दिरको चुचुरोमा पुगेर विवाह गरेका छन्।

मोरङका सुजन पराजुली र ओखलढुङ्गाकी सविता कार्की पाथीभरा मन्दिर पुगेर वैवाहिक बन्धनमा बाँधिएका हुन्। उनीहरू जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी कर्मचारी हुन्।

बडादशैंको अवसरमा मन्दिरमा पुगेर विवाह गर्ने सुजन र सविताको निर्णयलाई साथ दिन उनीहरूका अभिभावकको रूपमा जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहेका ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू समेत विवाहमा सरिक भएका थिए।

जिल्ला प्रहरी प्रमुख(डिएसपी) वेदप्रसाद गौतम मातहका प्रहरी कर्मचारीको विवाहमा साथदिन आफूसहित साथ दिन प्रजिअ सेढाई, दुर्गादल गुल्मका गुल्मपति सेनानी उमेश खड्का, सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्मका गुल्मपति (सशस्त्र डिएसपी) प्रमोदप्रकाश पाठक सहितका सुरक्षा अधिकारी मन्दिर पुगेको बताउँछन्।‘

जिल्ला प्रहरी कार्यालयमा कार्यरत भाइबहिनीको विवाहको निर्णय गरें, हामी उनीहरूका अभिभावक बनेर मन्दिरसम्मै पुगेर साथ दियौं’ जिल्ला प्रहरी प्रमुख डिएसपी गौतमले भने। 

प्रकाशित: १५ आश्विन २०८२ ०९:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App