कपिलवस्तुको महाराजगन्ज नगरपालिका–५ सिसवामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
स्थानीय सफायस अलिको छोरा १२ वर्षीय प्रबेज अलि मनिहारको सोही ठाउँस्थित पोखरीमा डुबेर सोमबार साँझ मृत्यु हो।
प्रहरी अनुसार शवलाई पोस्टमर्टमालागि कपिलवस्तु अस्पताल पठाइएको छ। घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: २५ असार २०८२ १६:२३ बुधबार





