१० चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

रनुखाना जोड्ने पुल बन्ने

२०७९ साल असोज महिनामा परेको अविरल वर्षासँगै आएको बाढीले जुम्लाको सिंजा-३ मा रहेको बेलिब्रिजमा क्षति पुर्याएको थियो।

गाउँपालिका केन्द्र नराकोटदेखि नाग्म गमगढी सडक जोड्ने उक्त पुलले सिंजा-२ लाई समेत यातायातसँग जोडेको थियो। तर बाढीले पुल बनाउँदा स्थानीयले समस्या भोग्दै आएका थिए।

अब भने उक्त बेलिब्रिज पुल बन्ने निश्चित भएको छ। सिँजा गाउँपालिका अनुसार यस पटक उक्त पुलसँगै गाउँपालिकाबाट रनुखाना गाउँ जोड्ने मोटरबल पुल पनि निर्माण हुने भएको छ।उक्त दुईवटा पुल निर्माणका लागि सङ्घीय सरकारबाट एक करोड ३९ लाख रुपैयाँ समपूरक अनुदानबाट बजेट आएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए। यस्तै गाउँपालिकाले दुई करोड बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षका लागि सबैभन्दा ठूलो योजना दुईवटा पुल निर्माण कार्यमा प्राथमिकता दिएको हो। कुल ७ करोड रुपैयाँ पुल लागत भएका ती पुलको यस वर्ष तीन करोड ३९ लाख रुपियाँको ठेक्का भएर काम अगाडि बढ्ने अध्यक्ष धिताल बताउँछन्।

प्रकाशित: ३० श्रावण २०८२ १२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App