१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–११ थापाथलीमा बागमती प्रदेश–०२–०१९ प ३१९५ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा बरियारपुर घर भएका ४४ वर्षीय राम बाबु प्रसाद कुसहवा रहेका छन्। उनको आइतबार बिहान मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा उपचार भइरहेको छ।

भक्तपुरको भक्तपुर नगरपालिका–१ च्यङ्गा गणेश मन्दिर ननिक सडकमा बा ७ च ०८१५ नम्बरको कारले प्रदेश–०२–०२८ प ७३९२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रे पाँचखाल नगरपालिका–१ बस्ने २३ वर्षीय सन्दिप बस्नेत छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको डा इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँस्थित सडकमा को ३१ प ७२६६ नम्बरको मोटरसाइकल र बीआर ३८ एन २२०२ नम्बरको कार शनिबार बेलुकी  ठोक्किदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक केराबारी गाउँपालिका–७ बस्ने ४२ वर्षीय उत्तम कुमार मगर छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल इटहरीमा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धादिङको ज्वालामुखी गाउँपालिका–४ टारीस्थित सडकमा ग १ ज ५५८० नम्बरको बोलेरो शनिबार बेलुकी दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका बोलेरो चालक सहित ६ जनालाई उपचारको लागि जिल्ला अस्पताल धादिङ पठाइएकोमा ५ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जनाको उपचार भइरहेको छ।

उपचार पश्चात डिस्चार्ज भएका बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २७ कार्तिक २०७९ ०९:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App