१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

लागूऔषध सहित एक पक्राउ

कास्कीको पोखरा महानगरपालिका–२७ अर्घौ चोकबाट नियन्त्रित लागूऔषध नुर्फिन ३२ एम्पुल, फेनारगन ३२ एम्पुल, डाइजेपाम ३२ एम्पुल र नगद १२ हजार रुपैयाँ सहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही महानगरपालिका–३० तावामुख बस्ने ३५ वर्षीय हेमन्त थापा मगर छन्। उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो। 

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले ग १७ प ५७७१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी स्कुटर चालक हेमन्तलाई पक्राउ गरेको हो।  

प्रकाशित: २४ कार्तिक २०७९ १६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App