१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

बाजुरा जिल्लाको काँडा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर १३ मिनेट जाँदा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर बुधबार बिहान गएको भूकम्पको धक्काले घर भत्किँदा छ जनाको मृत्यु भएको थियो भने एक दर्जन व्यक्ति घाइते भएका थिए। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ। 

प्रकाशित: २४ कार्तिक २०७९ ०२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App