५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

बयलगाडामा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

महोत्तरीमा मोटरसाइकल बयललगाडमा ठोक्किएर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरी गाउँपालिका ६ बस्ने २० वर्षीय शंकर पासवान रहेका प्रहरीले जनाएको छ।

युवक सवार भारतीय नम्बर प्लेटको बी आर २०६२ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो मडइ र रतावाराको बीचमा बयलगाडामा ठोक्किए दुर्घटना भएको हो।

उनको शव पोस्टमार्टमका लागि जलेर अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रकाशित: २२ कार्तिक २०७९ १५:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App