१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

मदिरा पसलबाट ४ हजार घुससहित वरिष्ठ सई पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले धनुषाको सिमा प्रहरी चौकी जटहीका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक देवकीलाल चौधरीलाई घुससहित पक्राउ गरेको छ।

बिहीबार अख्तिार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले चौधरीलाई चार हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। 

घुसको रकम लिन स्थानीय मदिरा पसल पुगेका चौधरीलाई पसलबाट घुससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी एवं डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

प्रहरीका अनुसार चौधरीले घुसको रकम लिन नगराइन नगरपालिका २ जटहीस्थित विनायक इन्टरप्राइजेज (मदिरा पसल) पुगेका थिए।

प्रकाशित: १७ कार्तिक २०७९ १३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App