१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बाजुराका ४३ मतदान स्थल अति संवेदनशील

बाजुराका ७० वटा मतदान स्थल मध्ये ४३ लाई अति संवेदनशीलको सूचीमा राखिएको छ। मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा आगामी ४३ वटा मतदान स्थललाई अति संवेशनशीलको सूचीमा राखिएको हो।

असुरक्षा, भूगोल, एकल दलको दबदबा लगायतका सूचकका आधारमा अति संवेदनशीलको सूचीमा राखिएको निर्वाचन कार्यालयले बताएको छ। विगतका चुनावको सिकाइ र अनुभवलाई ध्यानमा राखेर अति संवेदनशीलको सूचीमा राखिएको हो।

बाजुराका ६९ वटा वडामा ७० वटा मतदान स्थल छन्। हिमाली गाउँपालिका १ बिच्छ्याको विकट गुम्बा गाउँमा पनि मतदान स्थल राखिएको छ। दलहरुका बहुमत मतदाता भएका मतदान स्थल र शीर्ष नेताहरुका गृह वडाका मतदान स्थललाई अति संवेदनशीलमा राखिएको देखिन्छ।

जिल्ला सुरक्षा समितिको बैठकले आगामी निर्वाचनलाई लक्षित गरी जिल्लाका मतदान केन्द्रलाई तीन क्याटागोरीमा निर्धारण गरेको हो। ७० मतदान केन्द्रमा ४३ वटा मतदान केन्द्र अति संवेदनशील छन्। २४ वटा संवेदनशील छन् भने ४ वटा मतदान केन्द्र सामान्यमा कायम गरिएको जिल्ला सुरक्षा समितिले जानकारी दिएको छ।

त्रिवेणी नगरपालिकाका९ मध्ये ६ वटा अति संवेदनशील र तीनवटा संवेदनशीलमा राखिएको छ। यस्तै बडीमालिका नगरपालिकामा ९ मध्ये ६वटा केन्द्र संवेदनशील र ३ सामान्यमा राखिएको छ। बुढीगंगा नगरपालिकामा भने १० मध्ये ९ वटा मतदान स्थललाई अति संवेदनशील भित्र राखिएको छ भने एक वटा संवेदनशीलमा छ। बुढीगंगा स्थानीय तह निर्वाचन २०७९ पहिलो पटक रद्द भएर पुनः मतदान गरिएको पालिका हो।

बुढीनन्दा नगरपालिकामा पनि ६ वटा मतदान स्थललाई अति संवेदनशीलमा राखिएको छ। भने ४ वटालाई संवेदनशीलको सूचीमा छन्। खप्तड छेडेदह गाउँपालिकाका ७ मध्ये ६ वटालाई अति संवेदनशीलमा राखिएको छ। भने एक वटा संवेदनशीलको सूचीमा छ।

हिमाली गाउँपालिकाका ८ मध्ये पाँच अति संवेदनशील र तीन संवेदनशीलको सूचीमा छन्। जगन्नाथ गाउँपालिकामा रहेका ६ वटा मध्ये चार वटा अतिसंवेदनशील र दुईवटा संवेदनशीलको सूचीमा राखिएको छ। यस्तै कर्णाली पारीको स्वामीकार्तिक खापर गाउँपालिलकामा भने दुई वटा मतदान केन्द्र अति संंवदनशील र तीन वटा केन्द्र संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले बताएको छ।

गौमुल गाउँपालिकाका ६ वटै मतदान स्थलक संवेदनशीलको सूचीमा छन्। निर्वाचनलाई स्वच्छ र धाँधलीरहित सम्पन्न गर्न उम्मेदवार स्वयं र दलका प्रतिनीधिले बढी संयम् हनुपर्ने सुरक्षा समितिको निष्कर्ष छ। कर्मचारी सुरक्षा व्यवस्था कडापार्न र कर्मचारी खटनपटनमा बढी जोड दिनपर्ने समितिको निष्कर्ष छ।

मतदान स्थलमा कब्जा गर्ने, आफू अनुकुल शक्ति प्रयोग गर्ने, सुरक्षा कर्मी माथि नै हस्तक्षेप गर्न खोज्ने र आपसी राजनीतिक आग्रह पूर्वाग्रहले थप जोखिम निम्त्याउने गरेको अवस्था छ। दलका नेताहरुले नै मतसंख्या थप्न आफ्नो प्रभाव राख्ने मतदान स्थलमा कब्जाको प्रयास गर्ने मानसिकताकै कारण अति संवेदनशील भन्नुपर्ने अवस्था देखिएको छ।

प्रकाशित: १७ कार्तिक २०७९ १०:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App