७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

जबरजस्ती करणी तथा चोरी मुद्दाका दुईफरार पक्राउ

जबरजस्ती करणी तथाचोरी कसुरमा फरार रहेका दुई कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ।

अदालतले जबरजस्ती करणी तथाचोरी मुद्दामा कैद सजाय तोके देखि उनिहरू दुवै जना फरार रहेका थिए। ०७५ साल असार १३ गते जबरजस्ती करणी, अपहरण तथाशरिर बन्धक मुद्दामा बारबर्दिया नगरपालिका–६ प्रेमलालथारुलाई अदालतले २ महिना कैद सजायतोकेको थियो।  

त्यसैगरी अर्का फरार बारबर्दिया नगरपालिका–२ का योगेन्द्र ज्ञवालीलाई प्रहरीले मंगलबार नियन्त्रण लिएको छ। ०७८ साल मंसिर १ गते नकबजनी चोरी मुद्दामा अदालतले ज्ञवालीलाई २ वर्ष ९ महिना २ दिन कैद सजाय र ३० हजार जरिवाना तथा जबरजस्ती चोरी उद्योग मुद्दामा १ वर्ष ३ महिना २ दिन कैद सजाय र १५ हजार जरिवाना तोकेको थियो।  

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई अदालतमा उपस्थित गराई सजाय भुक्तानगर्न कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हिक्मतबहादुर बोहराले जानकारी दिए।

प्रकाशित: १६ कार्तिक २०७९ १०:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App