८ वैशाख २०८१ शनिबार
समाज

स्वयमसेविकाले घरदैलोमा मतदाता शिक्षा दिने

गोरखा सदरमुकाममा पालिका स्तरका कर्मचारीलाई मतदाता शिक्षा तालिम दिइँदै।

गोरखाको सबै वडामा महिला स्वास्थ्य स्वयमशेविकाले मतदाता शिक्षा दिने भएका छन्। ११ वटै स्थानीय तहमा निर्वाचन सम्पर्क व्यक्ति तोकेर उनीहरुमार्फत् महिला स्वास्थ्य स्वयम शेविकालाई तालिम दिइ खटाउन लागिएको निर्वाचन कार्यालय गोरखाले जनाएको छ।

मतदात कसरी गर्ने, मतदान गर्दा ध्यान दिनुपर्ने कुराका बारेमा घरघरमा पुगेर शिक्षा दिनेछन्। ‘पालिकाका एक/एक जना कर्मचारीलाई यो बारेमा प्रशिक्षण दिएर पठाइएको छ’ गोरखाका प्रमुख जिल्ला अधिकारी एवं मतदाता शिक्षा समन्वय समितिका संयोजक शंकरहरि आचार्यले भने।

उनीहरुले पालिकाभित्र हरेक वडामा महिला स्वास्थ्य स्वयमशेविकालाई मतदाता शिक्षाको बारेमा तालिम दिएर खटाउनेछन्। स्वयमशेविकाहरुले मतदाता शिक्षा दिए/नदिएको अनुगमन हुने प्रजिअ आचार्यले बताए।

निर्वाचन आयोगले पठाएको प्रचार सामग्री, मतदाता शिक्षा संम्बन्धी सामग्रीहरु, नमुना मतपत्र, पोष्टर, पम्पलेट, सबै पालिकामा पठाइएको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले बताए। पालिकाको एक ठाउँमा धेरै जना सहभागी गराउने गरी नमुना मतदात पनि सबैले गर्नुपर्नेछ।

मतदाता शिक्षा प्रभावकारी नभएको बारेमा जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समिति र पालिका स्तरमा प्रमुख प्रशासकिय अधिकृत, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षले अनुगमन गर्नेछन्।

मतदाता शिक्षामा सहभागी पालिकाका प्रतिनिधिलाई तालिम दिएर सामग्रीसहित पठाइसकिएको जिल्ला निर्वाचन अधिकारी कोइरालाले बताए। जिल्ला स्तरीय समन्वय समितिले मतदाता शिक्षा दिने, तालिम दिएर सामग्रीसहित परिचालन गर्ने निर्णय अनुसार काम भएको उनले बताए।

प्रकाशित: १५ कार्तिक २०७९ १४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App