१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

बालकको हत्यामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

दमक नगरपालिका–१० आमवाडीका १४ वर्षीय बालकको हत्या आरोपमा ५ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङ इलाका प्रहरी कार्यालय उर्लावारीको संयुक्त टोलिले  बालक हत्या आरोपमा संलग्न ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।  

आइतबार राति दमक नगरपालिका–१० आमवाडीका १४ वर्षीय दियुश श्रेष्ठको मोरङ र झापाको सिमाना स्थित  मावा खोलामा छठ मेला हेर्नेक्रममा  छुरा प्रहार गरी हत्या गरिएको थियो। पक्राउ परेका पाँच जना १८ वर्षमुनिका किशोर छन्। पक्राउ परेकाहरुले पुरानाे रिसीवीका कारण छुरा प्रहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता दीपक श्रेष्ठले जानकारी दिए। छुराप्रहारबाट घाइते भएका दियुशलाई  उर्लावारी स्थित गोदावरी अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहाँ उपचार संभव नभए पछि विएण्डसि अस्पताल विर्तामोड लगिएको थियो। उनको उपचारकै क्रममा सोमबार विहान निधन भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।  

प्रकाशित: १४ कार्तिक २०७९ १२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App