७ वैशाख २०८१ शुक्रबार
समाज

रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु

रुपन्देहीको ओमसतियामा कारको ठक्करबाट तीन जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। ओमसतिया गाँउपालिका ४  स्थित भैरहवा–परासी सडक खण्डमा छठ नुहाउन घाट जाँदै गरेकाहरुलाइ सोमबार बिहानै कारले ठक्कर दिदा एक शिशु सहित तिन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  

आज बिहानै उदाउदो सुर्यलाइ अर्घ दिनु अघि नदिमा नुहाउन गएका ओमसतिया ४ की १४ बर्षकी सीमा कुर्मी,२८ बर्षकी प्रमिला कुर्मी र नाम नखुलेका ३५ दिने शिशुको कारको ठक्करबाट मृत्यु भएको रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए। 

कारको ठक्करबाट ओमसतियाकै २६ बर्षकी मन्जु कुर्मी र शिशुकी आमा २४ बर्षकी बन्दना कुर्मी घाइते भएका छन्। उनीहरुको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ। भैरहवाबाट परासी तर्फ जाँदै गरेको तिब्र गतीको कारले छठ नुहाउन घाट तर्फ जाँदै गरेका स्थानीयलाइ ठक्कर दिएर भागेको स्थानीयले बताएका छन्। प्रहरीले ठक्कर दिने कार र त्यसका चालकको खोजी भइरहेको जनाएको छ।

प्रकाशित: १४ कार्तिक २०७९ ०६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App