४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

अस्ताउँदो सूर्यलाई अर्घ दिई मनाईयो छठ पर्व

छठ पर्वका अवसरमा कपिलवस्तु नगरपािलका– ३ रामघाटमा अस्ताउदो सुर्यलाई अर्घ दिदै श्रद्धालु महिला।

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै कपिलवस्तुमा पनि हर्षोल्लासका साथ आइतबार छठ पर्व मनाईएको छ। 

कपिलवस्तु नगरपालिका– १ चपरतल्ला स्थित सझीया घाटका रुपमा रहेको जमुहार नदी, बाणगंगा नदीको रामघाटम  छठी माताको पूजाआजा गर्दै यो पर्व मनाईएको हो। रामघाट र जमुहार नदीमा ५ हजार बढी भक्तजनहरुले छठको सामूहिक पूजा गरेको छठ पूजा व्यवस्थापन समितिले जनाएको छ। 

यस्तै कृष्णनगर, बहादुरगंज लगायधका स्थाामा रहेको पोखरीमा समेत भक्तजनहरुले सूर्यको बिशेष पूजापाठ गरी सामूहिक रुपमा यो पर्व मनाएका हुन्। यस बर्ष भने गत बर्षको तुलनामा भक्तजनहरुको संख्या दोब्बर थियो। रामघाट नदीको बारी र पारी दुवै तर्फ पुजाका लागि भक्तजनहरुको भीड लागेको थियो। यस बर्ष भक्तजनको संख्या बढेको पूजा व्यवस्थापन समितिका अध्यक्ष गणेशलाल कर्णले बताए। भक्तजनह जम्मा भएर सामूहिक रुपमा पूजापाठ समेत गरेका थिए। 

पूजाआजाका लागि मधेसी, पहाडी, नेवार समुदायका भक्तजनहरु सहभागी थिए। विशेष पूजाको अवसरमा उनीहरुले सुर्य र छठी माताको आराधना समेत गरेका थिए। छठमा उपबास बसी पुजाआजा गर्नाले पारिपार सुख समृद्धिका साथै सन्तान प्राप्ती र रोग ब्याधी समेत निको हुने श्रद्धालु भक्तजनहरुको बिश्वास छ। 

उनीहरुले उक्त नदीमा पुजा गरी प्रसादका रुपमा आइतबार बाँसको सामग्रीमा अर्घ दिएर केरा, ठेकुवा र भसुवा, मूला, केरा, उखु लगायतका  परिकार चढाएका थिए।  छठ पवका लागि पुजा ब्यवस्थापन  समिति गठन गरी जमुहार र रामघाट नदीमा पुजाआजाका लागि बिशेष ब्यवस्था गरेको थियो। चार दिन सम्म मनाईने छठ बिहीवार बिहान संपन्न हुदैछ। शुक्रवार चोखो भोजन ग्रहण गर्ने, शनिवार सुर्यास्त पछि एक छाक खाने, आइतबार अस्ताउँदो र सोमबार उदाउँदो सुर्यलाई अर्घ दिने चलन छ। पुजा स्थलको सुरक्षार्थ सुरक्षाकर्मी समेत परिचालन गरिएको थियो। 

प्रकाशित: १३ कार्तिक २०७९ १३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App