३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

गोरखा अस्पतालमा चिकित्सक कुटपिट गर्नेलाई कारबाहीको माग

गोरखा अस्पतालका डाक्टर अविनाश पराजुलीलाई कुटपिट गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न गोरखा अस्पतालले माग गरेको छ। अस्पतालका सम्पूर्ण कर्मचारीहरुले दोषिमाथि कानुनी कारबाहीका लागि प्रशासनसँग माग गरेका हुन्। कारबाही नहुँदासम्म चरणबद्ध रुपमा विरोधका कार्यक्रम ल्याउने घोषणा गरिएको छ।  

अस्पतालका कर्मचारीहरुले जारी गरेको बिज्ञप्तीमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सुरक्षाको प्रत्याभुति दिलाउन समेत माग गरिएको छ। आईतबार दिउँसो करिब साँढेचार बजे थाईराईडको रिपोर्ट देखाउन गएकी एक महिलाको रिपोर्ट विषयलाई लिएर तीन जना युवाहरुले कार्यकर्तामा ढोका लगाएर चिकित्सकलाई कुटपिट गरेको अस्पताल बिकास समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले बताए।  

‘सेवाका लागि खटिएका चिकित्सकमाथि सांघातिक आक्रमण हुँदा असुरक्षित महशुस गरेका छौँ’ विज्ञप्तीमा भनिएको छ ‘प्रदेशकै एउटा नमुना अस्पताल बनाउन लागि परेका हामी सबै कर्मचारीको मनोबल गिरेको छ।’

अस्पताल ब्यवस्थापन समितिले पनि कुटपिटमा संलग्नलाई तत्काल पक्राउ गरी कारवाही गर्न प्रहरीमा उजुरी दिएको छ। घटनामा संलग्नहरुको पहिचान भईसकेको र खोजी तिब्र बनाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए। 

प्रकाशित: ७ कार्तिक २०७९ ०८:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App