२ असार २०८१ आइतबार
image/svg+xml
समाज

उदयपुरमा नमूना मतदान सम्पन्न

नमूना मतदान गर्दै एक महिला। तस्विरः महेश्वर/ नागरिक

आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिसिभा तथा प्रदेशसभा चुनावलाई लक्षित गर्दै उदयपुरमा ‘नमूना मतदान’ कार्यक्रम सम्पन्न भएको छ। जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन र प्रहरी कार्यालयको संयुक्त आयोजनामा नमूना मतदान कार्यक्रम सम्पन्न भएको हो।  

त्रियुगा नगरपालिका १० बोक्सेस्थित जिल्ला प्रहरी कार्यालयको प्रांगणमा निर्मित नमूना मतदान केन्द्रमा बिभिन्न कार्यालयको प्रतिनिधित्वमूलक सहभागितामा नमूना मतदान सम्पन्न भएको हो। प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयाल, नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान कार्यालयलगायत बिभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख र प्रतिनिधिहरु मतदान कार्यमा संलग्न रहेका थिए।  

नमूना मतदान कार्यमा जिल्ला प्रहरी मातहत इन्चार्जहरु, चुनावका लागि भर्ना भएर तालिम लिदै गरेका म्यादी प्रहरीलाई मतदान केन्द्र, मतदाता, मतपत्र र मतपेटिकाको सुरक्षा गर्ने विषयमा अभ्यास गराइएको थियो। प्रतिनिधिसभा तथा प्रदेशतर्फ प्रत्यक्ष र समानुपातिक मतपत्र तथा सदर मतदान गर्ने विषयमा सहयोग पु¥याउन नमूना मतदान कार्य गरइएको जिल्ला प्रहरीले जनाएको छ।  

जिल्ला निर्वाचन कार्यालय उदयपुरले सकेसम्म खसेको सबै मत बदर हुन नदिन नमूना मतदानको महत्व हुने भएकाले यस्तो कार्यको महत्व हुने जनाएको छ। निर्वाचन कार्यालयका अनु्सार चुनाव सुरक्षित, भयरहित, शान्तिपूर्ण र स्वतन्त्र रुपमा सम्पन्न गर्न सहयोग पु¥याउने उदेश्यले नमूना मतदानको अभ्यास गराइएको हो।

प्रकाशित: ६ कार्तिक २०७९ ११:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App