२८ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

सयपत्री फुलको अभाव: प्लास्टिकका मालाहरुप्रति ग्राहक आकर्षित

तौलिहवा बजारमा बिक्रीकालागि राखिएको प्लाष्टिकको माला। तस्बिर: किरणमान बज्राचार्य/नागरिक

मखमली र सयपत्री फुल पाईन छाडे पछि कपिलवस्तुका बजारमा प्लास्टिकका मालाको ब्यापार बढेको छ। केही बर्षयता देखि मखमली र सयपत्री फुलको अभाव भएपछि प्लास्टिकको मालाको मागमा भारी बृद्धि भएको हो। 

तिहारलाई लक्षीत गरी ब्यापारीहरुले रंगीचंगी प्लास्टीकका माला भारतबाट ल्याएका छन्। तौहिलवा, कृष्णनगर, चन्द्रौटा लगायतका बजार तथा जिल्लाका बिभिन्न स्थानमा लाग्ने साप्ताहिक हाट बजारमा रंगीचंगी प्लाटिकका कृत्रिम मालाहरु बेच्नका लागि राखिएका छन्। पुरै बजार मालाले सिंगारिएका छन्। ब्यापारीले ग्राहकलाई आकर्षित गर्न पसलमा मालाहरु सजाएर राखेका छन्। 

तौहिलवा हाट बजारका ब्यापारी लल्लु गूप्ताले बजारमा मखमली र सयपत्री फुल आउनै छाडे पछि केही बर्ष यता देखि प्लास्टिकका मालाहरु प्रति ग्राहक आकर्षित भएको बताए । रक्षा बन्धन पछि तिहारमा माला सबै भन्दा बढी बित्री हुने भएकाले आफुले भारतबाट माल ल्याएको गुप्ताले बताए। पाँच रुपैया देखि साढे ४ सय सम्मका माला बिक्रीका लागि राखिएकाे बताउदै उनले तिहारमा एक लाख बढीको माला बिक्री हुने बताए। तौहिलवाका ब्यापारी बृजेश भटराले मखमलीफुल नपाइए पनि सयपत्री भारतबाट आयात गरी ल्याएको बताए। उनले बजारमा मखमली र सयपत्री फुल पाईन छाडे पछि केही बर्ष यता ग्राहकहरुले प्लाष्टिककै माला किन्ने गरेको बताए।  

प्रत्येक माला ब्यापारीले न्युनतम ५० हजार देखि एक लाख सम्म कारोबार हुने बताएका छन्। यस हिसाबले जिल्लामा यस्को लाखौको कारोबार हुने ब्यापारीहरु बताउछन्। कपिलवस्तु नगरपाकिला– १ की मोनिका गुप्ताले मखमली फुल पाईनै छाडे पछि बाध्य भएर प्लास्टिकको माला किनेको बताईन। ‘ पहिला घर, टोल छिमेकी जताततै फुल पाईन्यो तर अहिले फुलहरु देखिनै छाड्यो ’ उनले भनिन्। जिल्लामा सामान्य रुपमा एक दुई जना बाहेक अरुले ब्यवसायिक फुलखेती नगरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। भारतबाट आयातित यी फुलका कारण बार्षिक रुपमा लाखौ रुपैया विदेशीने गरेको उद्योग बाणिज्य संघका सचिव अर्जुन चापागाइले बताए।  जिल्लामा ब्यवसायिक फुल खेती र प्लास्टिकको माला बनाउने उद्योग स्वदेश मै खोलिनु पर्ने उनी बताउछन्।  

उता तिहारमा भाडाकुडा, विभिन्न रंग, मसलाका पोका लगायतको कारोबारमा समेत बृद्धि भएको ब्यपारीहरु बताउछन्। अन्य समय भन्दा अहिले बजारमा भाडाको ब्यापार ह्वात्तै बढेको हो। अरु समयमा फाटफुट मात्र ब्यापार हुने कपिलवस्तुको तौलिहवा, कृष्णनगर, चन्द्रौटा लागायतका बजारहरुमा भाडाहरुको पसलमा निकै भीडभाड बढेको देखिन्छ। खासगरी जिल्लामा तिहारको धनवन्तरी दिवस (धनतेश ) का दिन भाडाकुडा खरिद गर्ने चलन भएकाले यस्को ब्यापारमा बृद्धि भएको ब्यपारीहरु बताउछन्। 

तौलिहवाको चोक बजार स्थित शिवम भाँडा पसलका ब्यपारी सन्तोष अग्रहरीले तिहारमा अन्य समय भन्दा भाडाकुडाको ब्यापार बढी हुने बताए। धनतेरशका दिन मात्रै एक लाख बढीको ब्यपार हुने गरेको उनले बताए। अरु समयमा खासै बिक्री नभए पनि तिहारमा यस्को कारोबार बढी हुने गरेको उनले बताए। बर्षभरीको खर्च तिहार बाटै निस्कने गरेको उनी बताउछन्। 

उनी मात्रै होइने तिहारको समयमा अन्य ब्यापारीले पनि लाखौको भाँडाकुडा बिक्री गर्ने गरेको छन्। यहाँ स्टिल, कास, तामा, फलामका भाँडाकुडाहरु बढी बिक्री हुने गरेका छन्।

प्रकाशित: ५ कार्तिक २०७९ १०:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App