१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

राष्ट्रिय परिचयपत्र लिन प्रशासनमा सेवाग्राहीको चाप

राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेको छ। बिहान सात बजेदेखि नै सेवाग्राही जिल्ला प्रशासन कार्यलयको गेटमा सेवा लिन पुगिसकेका हुन्छन्।  

प्रशासनमा सेवाग्राहीको चाप बढेको भदौ मसान्तसम्म एक लाख ९८ हजार तीन सय ५२ जनाले परिचयपत्र पाइसकेको सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेले जानकारी दिए। एक दिनमा एक सय ५० भन्दा बढीको परिचयपत्र बनाइदिने हो भने भिडभाड कम हुने र सेवाग्राहीलाई पनि सुविधा मिल्ने मधुवन नगरपालिकाका सुमन थारुले बताए। एक दिनमा एक सयको कोटा भए पनि सेवाग्राहीको चाप अत्यधिक हुने भएकाले एक सय २० जनासम्मको विवरण लिने गरेको बताउँदै अझै सेवा बिस्तार गर्ने सेवा लिन आएकालाई सकेसम्म सेवा दिने सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।

कसगरको पुख्र्यौंली व्यवसायमा कमी

चाडपर्व तथा समाजिक संस्कारका बेला प्रयोग हुने विद्युतीय झिलमिलीले कसगर जातिको पुख्र्यौंली व्यवसायमा कमी आउन थालेको छ। वर्षोंदेखि माटोका सामाग्री निर्माण गरी बिक्रीबाट जीवन धान्दै आएको कसगरको कुमाले पेशा आधुनिक समयमा आएको विभिन्न किसिमका झिलीमिलीको बढ्दो प्रयोगले माटोका समाग्रीको बिक्रीमा कमि आएको हो।  

खासगरी दिपावली, छठ तथा विभिन्न चाडपर्वका बेला घरलाई उज्यालो बनाउन माटोकै विभिन्न सामग्री दियो, पालो, गाग्रोको प्रयोग गर्ने संस्कार बस्दै आएको तर पछिल्लो समय रेडिमेड बत्ती तथा प्लास्टिक, स्टिलका भाँडाकुँडाको बढ्दो आकर्षण तथा प्रयोगले व्यवसायमा निकै कमी आएको गुलरिया नगरपालिकाका जाकिर कसगरले बताए।  

गुलरिया नगरपालिका– ८ स्थित बस्दै आएका कसगर वर्षौंदेखिको पु¥ख्र्यौंली पेशा युवालेसमेत अँगाल्दै आएका छन्। विगतमा नदी क्षेत्रबाट माटो सित्तैमा ल्याउने गरेका तर अहिले गुलरिया, मधुवन, बढैयताल गाउँपालिकालगायत स्थानबाट माटो खरिद गर्दै आएको जाकिरले गुनासो गरे। रासस

प्रकाशित: ४ कार्तिक २०७९ ०७:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App