१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

विदेशी संस्कृतिले नेपाली बाजा मादल संकटमा

सरकारले नेपाली मौलिक बाजाहरुको संरक्षण गर्न नसक्दा व्यवसाय नै संकटमा परेको व्यवसायीहरुले गुनासो गरेका छन्।

विगतको तिहारहरुमा बजारमा मादलको माग आत्याधिक हुने गरेपनि पछिल्लो समय मादल व्यवसाय नै धरापमा परेको उनीहरुले गुनासो गरेका हुन्। विगतमा तिहारलाई लक्षित गरी मादल उत्पादन गर्न भ्याइनभ्याइ हुने गरेपनि यो वर्ष भने बजारबाट माग नै नआएको गुनसो गरे। विदेशी कला, संस्कृति र बाजाहरुलाई प्रोत्साहन गर्ने तर नेपाली मौलिक संस्कृति र बाजाहरुको उचित संरक्षण नहुँदा संस्कृति नै लोप हुँदै जान थालेको मादल व्यवसायी रिमबहादुर कुरुले बताए। उनले विगतमा मादलको माग उच्चतम हुने गरेको तर पछिल्लो समय भने माग आउन छाडेको बताए।

मादल व्यवसायको संरक्षण गर्न सरकारले विद्यालय तहमा नेपाली मौलिक बाजाको विषयमा पाठ्यक्रम नै समावेश गर्न उनले माग गरे। उनले नेपाली बजारमा मादलको मूल्य १५ सयदेखि ६ हजार रुपैयाँसम्म पर्ने गरेको बताए। कुरुकाअनुसार मादल बनाउने सम्पूर्ण कच्चा पदार्थ नेपाली नै प्रयोग हुने गरेको पनि बताए।  

त्यस्तै अर्का मादल व्यवसायी विष्णु तामाङले पछिल्लो समय मादलको व्यापार नै हुन छाडेको बताए। उनले विशेष गरेर तिहारमा मादलको व्यापार हुने भएपनि अहिले मादलको व्यापार ९० प्रतिशतले कम रहेको बताए। नेपाली मादलको समेत माग हुन छाडेको अवस्थामा भारतीय मादल नेपालमा बिक्री वितरण हुन थालेको उनले बताए। सरकारले नेपाली मौलिक बाचा मादललाई संरक्षण गर्नेको लागि मादल बनाउन प्रयोग हुने सामग्रीमा सहजता बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।  

गाउँ तथा शहरमा देउसीभैलो खेल्नेले मादल किन्ने भएपनि अहिले मादलको ठाउँमा साउण्डसिस्टम प्रयोगमा आउँदा मादल व्यवसाय संकटमा परेको छ। अहिले मादल किन्नेभन्दा ठूलाठूला स्पिकर किन्ने र स्पिकरमा गीत बजाउने हुँदा तिहारको गीतसमेत गाउन छाडिएको छ। पछिल्लो समय सूचना र प्रविधिको विकासका कारण मादल बिक्रीमा कमी आएको देखिन्छ। नेपाली मौलिकता र परम्परासँग जोडिएको बाजा मादल व्यवसाय आधुनिकतासँगै संकटमा परेको छ।

प्रकाशित: २ कार्तिक २०७९ ०७:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App