५ आश्विन २०८० शुक्रबार
समाज

लमजुङबाट लागूऔषधसहित दुईजना पक्राउ

लमजुङबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बीरगञ्जबाट बेंसीसहर आएको बसबाट ओर्लिएका दुई युवकलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो।

आइतबार बिहान साढे ६ बजेतिर बेंसीसहर नगरपालिका ८ शेराको पृथ्वी बस काउन्टर नजिकै बसिरहेको अवस्थामा शंकास्पद देखिएको र जाँच गर्ने क्रममा उनीहरूले झोलामा राखेर ल्याएको अवस्थामा २९ एम्पुल डाइजेपाम, २९ एम्पुल फेनरागन र २९ एम्पुल नुफिन फेला पारेको प्रहरीले जनाएको छ।

डीएसपी प्रकाश श्रीमलका अनुसार उनीहरू लमजुङकै बेंसीसहर नगरपालिका ८ का २२ वर्षीय दिपेन गुरुङ र ३० वर्षीय तेज गुरुङ रहेको खुलेको र उनीहरूको साथबाट लागूऔषधसहित दुई वटा मोबाइल बरामद गरिएको छ।

पक्राउ गरिएका २ युवकलाई आइतबार नै जिल्ला अदालतबाट दिन ८ को म्याद थप अनुमति लिई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान कार्य थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित: ३० आश्विन २०७९ २२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App