८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

चितवनको खैरहनीमा मृत गैंडा फेला, करेन्ट लागेको आशंका

फाइल तस्बिर

चितवनको खैरहनीमा एक गैँडा मरेको अवस्थामा फेला परेको छ । खैरहनी नगरपालिका वडा नं १२ इचर्नी खोला नजिक रहेको बंगुर फार्ममा  बिहीबार बिहान ४ बजेतिर भाले गैँडा मृत अवस्थामा फेला परेको हो।  

गैँडाको मृत्यु  करेन्ट लागेर हुन् सक्ने  चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए। 'खैरहनीमा वस्ती एरियामा अन्दाजी ४/५ वर्षको भाले गैंडा मृत भेटिएको छ', उनले भने, 'मरेको नजिकै बंगुर फार्ममा लागेको तार पनि देखिएको छ। त्यहाँ घिरौंलाको जालो पनि छ। के कारणले मरेको भन्ने पोष्टमार्टम गरेपछि सबै कुरा थाहा हुन्छ।'

मृत गैँडाको खाग र खुर यथावत रहेको उनले जानकारी दिए। चितवनमा बस्ती एरियामा गतवर्ष  दुईटा गैंडा मृत भेटिएका थिए। ती गैंडामध्ये  एउटा सडकको नालीमा परेर मरेको थियो भने अर्को भरतपुर १६मा करेन्ट लागेर मरेको निकुञ्जले जनाएको छ।

प्रकाशित: २७ आश्विन २०७९ ०४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App