७ कार्तिक २०८१ बुधबार
image/svg+xml
समाज

अर्घाखाँचीको छत्रदेवमा खोलाले बगाउँदा एक जनाको मृत्यु

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा खोलाले बगाउँदा एक वृद्धको ज्यान गएको छ।

स्थानीय बेङ्दी खोलाले बगाउँदा छत्रदेव गाउँपालिका वडा नम्बर ३, केरुङ्गाका ६५ बर्षिय धन बहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। मंगलवार दिउँसो गोरु चराउन हिंडेका उनलाई खोला तर्ने क्रममा खोलाले बगाएको थियो।

खोलाले बगाएर बेपत्ता भएका घर्तीको खोजतलास गर्दा घटना स्थलदेखि १० किलो मिटर तल धोबिघाटमा शव फेला परेको थियो। उनको शव पोष्टमार्टम पछी परिवारको जिम्मा लगाईएको र घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए।

प्रकाशित: २५ आश्विन २०७९ १६:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App