१६ चैत्र २०८० शुक्रबार
समाज

अर्घाखाँचीमा खोलाले बगाउँदा बालक बेपत्ता

अर्घाखाँचीमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । सन्धिखर्क नगरपालिका–७ का १० वर्षीय समीर पौडेल बेपत्ता भएका हुन्।  

दशैंको टीका लगाउन मामाघर हिँडेका पौडेल खज्र्याङ खोला तर्ने क्रममा बगेर बेपत्ता भएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए। बेपत्ता बालकको खोजीका लागि नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।  

यसैबीच वर्षापछि आएको पहिराको जोखिमले जिल्लाका २१ परिवारका ९६ जना विस्थापित भएका छन्। छत्रदेव गाउँपालिका–७ र ८ का ४६, मालारानी गाउँपालिका–६ का ३५, सन्धिखर्क नगरपालिका–६ का १३ र पाणिनि गाउँपालिका–८ का दुईजना विस्थापित भएका हुन्। विस्थापित परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गराइएको रिजालले बताए। 

प्रकाशित: २१ आश्विन २०७९ ०८:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App