coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बारा बस दुर्घटना: मृतकको संख्या १३ पुग्यो, २५ जना भन्दा बढी घाइते (अपडेट)

पुलबाट यात्रुवाहक बस खोलामा खस्दा बिहिबार  १३ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

चितवनबाट पथलैया तर्फ आउँदै गरेको बा ०६–००–१ ख ०११० नम्बरका बस जितपुरसिमरा उपमहानगरपालिकाको २२ मा रहेकको तीन नम्बर पुलबाट खोलामा खस्दा बस दुर्घटनामा परेको हो।

बसमा सवार करिब ४० जना मध्ये घटना स्थलमै १३ जना मृत्यु भएको छ भने १० जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। मृत्यु हुनेमा ८ जना पुरुष र ५ जना महिनाको घटना स्थलमै मृत्यु भएको र अन्यहरु घाइते रहेका उनले बताए।

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले तीव्र गतिमा रहेको बस अनियन्त्रित भएर विद्युतीय टावरमा ठोक्किएर पछि पुलबाट तल खोलाको बगरमा खसेको बताएका छन्।

५ जना गम्भीर घाईते रहेकालाई उद्धार गरेर चितवार मेडिकल शिक्षण अस्पतालमा पठाइएको उनले बताए।  अनुसार बिहान करिब ११ बजे भएको सो दुर्घटनामा २५ जना घाइते भएका छन्।

प्रकाशित: २० आश्विन २०७९ ०७:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App