१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

निरन्तरको पहिरोले अर्घाखाँचीको नरपानी-जगत क्षेत्रमा जोखिम

सन्धिखर्क-गोरुसिंगे सडकखण्ड अन्तर्गत जगत-नरपानी क्षेत्र जोखिमयुक्त बन्दै गएको छ। भारी वर्षाले सडक माथी बाट पहिरोले पटक-पटक बाटो अवरोध गर्दा आवतजावतमा जोखिम् बढेको हो।

गएराति देखीको अविरल वर्षापछि गएको पहिरोका कारण सन्धिखर्क नगरपालिकको घुम्ती, दहखोला, नरपानी, जगत क्षेत्रमा निरन्तर सडक अवरोध भईरहेको हो। घुम्ती नजिकै झरेको पहिरोका कारण सडक समेत भासिने अवस्थामा पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। निरन्तरको झरीले पहिरो जाने क्रम नरोकिएपनि सडक मर्मत गरि यातायात सञ्चालनमा ल्याईएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हरी बहादुर केसीले बताए।

पहिरोले पटक-पटक सडक अवरुद्ध भएपछि चाडबाडमा यात्रुहरु समयमा गन्तव्यमा पुग्न सकेका छैनन्। दसैंको दिन सहज रुपमा आवतजावत हुन नसक्दा टिका थाप्न हिंड्ने सर्वसाधारणहरु लाई असहज भएको छ। भरपर्दो वैकल्पिक मार्ग नहुँदा पनि समस्या भएको हो।

लगातारको झरीले र्झन थालेको पहिरोले सो क्षेत्र पटक-पटक अवरुद्ध हुन थालेको छ। दैनिक रुपमा पहिरो पन्छाएर यातायात सञ्चालन गरिदै आएको स्थानीय प्रशासनले जनाएको छ। वर्षाले घुम्ती, दहखोला क्षेत्रमा साना-साना पहिरो जाने गरेका र त्यसलाई पन्छाएर यातायात सञ्चालन गर्ने प्रशासनको दिनचर्या जस्तै बनेको छ ।

(दसैंको दिन) बुधवार बिहान आएको पहिरोले अवरुद्ध सडक स्काभेकर प्रयोग गरि खुलाइएकको छ। प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले घण्टौं सडक अवरोध चाहिँ नभएको बताए। 'साना साना पहिरो पटक पटक झर्ने गरेको छ,प्रजिअ घिमिरेले भने,' स्काभेटर राखी नियमित पहिरो पन्छाएपछि ओहोरदोहोर गर्न मिलेको छ।' पानि पर्न नरोकिएकाले समस्या भएको र समस्या अझै थपिन सक्ने उनको भनाई छ।

सडक माथी बाट निरन्तर पहिरो झरेपछी यात्रा जोखिमपुर्ण समेत बनेको छ। ढुंगा तथा लेदो माटो निरन्तर झर्दा यात्रा असुरक्षित बनेको हो।

प्रकाशित: १९ आश्विन २०७९ १३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App