१५ चैत्र २०८० बिहीबार
समाज

गाडीको ठक्करबाट रौतहटमा एक जनाको मृत्यु

पिकअप गाडीले ठक्कर दिँदा रौतहटमा एक जनाको मृत्यु भएको छ। रौतहटको चन्द्रपुर नगरपालिका ३ मा पिकअप गाडीको ठक्करबाट एक जना युवकको मृत्यु भएको हो। मृत्यु हुनेमा चन्द्रपुर ३ गैडाटारका ३३ वर्षीय ईमान सिंह थिङ रहेको प्रहरीले जनाएको छ।  

बाटोमा पैदल हिँडिरहेका थिङलाई प्रदेश २–०३–००१ च १९४४ नम्बरको पिकअप गाडीले ठक्कर दिएको थियो। पिकअप गाडीको ठक्करले गम्भीर घाइते अवस्थामा थिङलाई चन्द्रनिगाहपुरस्थित चन्द्रपुर हस्पिटल प्रालिमा उपचारको लागि पुर्‍याइएको थियो। थिङको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  

घटनाको विषयमा अनुसन्धान भइरहेको र ठक्कर दिने गाडी तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यालय रौतहटका प्रमुख बिमला कठायतले जानकारी दिए।

प्रकाशित: १९ आश्विन २०७९ १३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App