coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बर्दियामा भ्यानको ठक्करवाट एक युवतीको मृत्यु

बर्दियामा भ्यानको ठक्करबाट एक युवतीको मृत्यु भएको छ।

बारबर्दिया नगरपालिका–९ बनगाईस्थित सडकमा भ्यानले ठक्कर दिदाँ ती युवतीको मृत्यु भएको हो। प्रहरीका अनुसार भे १ ज १२४१ नम्बरको भ्यानले ठक्कर दिंदा गुलरिया नगरपालिका–४ बालापुरकी २५ वर्षीया मिरा चौधरीको मंगलबार बिहान मृत्यु भएको हो। 

भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको उपचारका लागि मेडिकल कलेज कोहलपुरमा लैजादै गर्दा मृत्यु भएको हो। भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १८ आश्विन २०७९ १६:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App