११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

मूलपानीमा शुभकामना आदानप्रदान

कागेश्वरी मनोहरा नगरपालिका ६ समितिले मूलपानीमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।

शुभ विजयादशमी, शुभदीपावली तथा छठ पर्वका अवसरमा आयोजित उक्त कार्यक्रममा वडाध्यक्ष प्रकाश फुयाँलले वडाबासीको चाडपर्व हर्षोल्लासपूर्वक सम्पन्न होस् भन्नका लागि वडा प्रयासरत रहेको बताए। नगर प्रमुख उपेन्द्र कार्कीले यस्ता कार्यक्रमले भ्रातृत्व वृद्धिमा मद्दत पुर्‍याउने भएकाले आयोजकलाई धन्यवाद दिएका थिए।

प्रदेश सभासद् मणिराम फुयाँल, समाजवादीका नेता डा. रमेश ढकाल, कपिल खनाल, माओवादी नेता आनन्दराम फुयाँल, कांग्रेस नेता पवित्रा लामिछाने, दिनेश फुयाँल र विकास केसी, राप्रपा नेता प्रेम तिवारी लगायतले वडाबासीलाई आआफ्नो दलका तर्फबाट शुभकामना दिएका थिए। बाबाचोकस्थित विद्या आर्जन सेकेन्डरी स्कुलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा स्थानीयको बाक्लो सहभागिता थियो।

प्रकाशित: १६ आश्विन २०७९ ०२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App