coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लोप हुँदै लिंगे पिङ

पिङ खेल्दै स्थानीय। पहिले–पहिले दसैं सुरु भएसँगै गाउँघरमा जताततै खेलिने यो पिङ पछिल्लो समय लोप हुने अवस्थामा छ।तस्बिर: ललित/नागरिक

नेपालीहरूको मुख्य चाड दसैं र तिहारको मनोरञ्जनको प्रमुख साधन पिङलाई मानिन्छ। पहिले–पहिले गाउँघरमा जताततै पिङ हालिन्थ्यो। जता गए पनि पिङ खेल्न पाइन्थ्यो। केही वर्षयता कालिकोटका गाउँघरमा हालिने पिङ र रोटेपिङ हराउँदै जान थालेका छन्। अहिलेका दसैं र तिहारमा दुवै पिङ खेल्न पाइँदैन। परम्परागत ज्ञान, सीप र प्रविधिमा आधारित रहेर पिङ बनाउने सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको हो।

नेपालीको महान् पर्व दसैं घटस्थापनादेखि सुरु भइसकेको छ। कालिकोटको नरहरिनाथ गाउँपालिकाका मिना बिष्टले भने, ‘पहिले दसैं आउनु एक साताअघि पिङका लिंगा खोज्ने, बाँस काट्ने, बजारमा पाउने लठ्ठा नभए बाबियो काटी डोरी बाट्ने चटारो हुन्थ्यो। अहिले सबै नौलोजस्तो बनेको छ। गाउँघरमा पिङ राख्ने चलन घट्दै गएको छ।’

अझ गाउँघरमा दसैंको टीकाको दिन एकपटक पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने जनविश्वास रहिआएको छ तर नेपाली संस्कृति बोकेको पिङ आफैंमा गाउँघरबाट हराउने अवस्थामा पुगेको छ। पछिल्लो समय सामाजिक सञ्जालमा रमाउने जमात बढ्दा दसैंमा पिङ राख्ने विषय हराउँदै जाँदा नेपालीको महान् पर्वको महत्व पनि विस्तारै हराउँदै जान थालेको छ। मान्छे टिभी, युट्युब, फेसबुक र टिकटकमा रमाउन थालको सान्नी त्रिवेणी गाउँपालिकाका पुष्पा गिरिले बताइन्।

पहाडी क्षेत्रसँगै गाउँघरमा पहिले–पहिले रोटे पिङ राख्ने गरेकोमा यो भने लोपै हुने अवस्थामा पुगेको छ। दसैं र तिहारजस्ता चाडमा राखिने पिङसँगै मौलिक परम्परा हराउने हो कि भन्ने कतिपय सामाजिक अगुवाले चिन्ता व्यक्त गर्ने गरेका छन्।

चाडपर्वसँग जोडिएका परम्परा र संस्कृतिको मौलिकताको जगेर्ना गर्दै जानुपर्ने खाँडाचक्र नगरपालिका स्थानीय कमल शाहीको भनाइ छ। उनका अनुसार हामीले हाम्रा संस्कृति र परम्पराको मौलिकता जोगाउन, विभिन्न पर्वसँगै जोडिएका परम्परागत कार्यको जगेर्ना गर्दै जानुपर्छ नत्र यी सबै हराउन सक्छन्। यसको संरक्षणमा सबै लाग्नुपर्नेमा उनको जाड छ।

प्रकाशित: १५ आश्विन २०७९ ०२:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App