१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

महानगर सफाइ अभियान चौथो हप्तामा

विराटनगर महानगरपालिकाले थालेको महानगर सफाइ विशेष अभियान चौथो हप्ता पुगेको छ। महानगरलाई सफा बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियान हरेक शुक्रबार सञ्चालन हुँदै आएको छ।

अभियान अन्तर्गत आज विराटनगर वडा नम्बर १ को त्रिवेणी मार्ग र आसपासको क्षेत्रको सफाई गरिएको छ। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद कोइराला, वडा नम्बर १, २, ४ र ५ का वडा अध्यक्षहरू, नगरप्रहरी र स्थानिय  सफाइ अभियानका सहभागि भएका थिए। 

सरसफाइ विशेष अभियानमा जनसहभागिता बढ्दै जाँदा आफूहरू उत्साहित भएको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बताए। उनले महानगरपालिकालाई सफा नगर बनाउन सबै नगरवासीको सहयोग आवश्यक भएकाले सफा नगर अभियानलाई सफल बनाउन नगरवासीलाई आग्रह गरे। 

सरसफाई विशेष अभियानमा जनसहभागिता बढ्दै गएको वडा नम्बर १ का अध्यक्ष काजी बस्नेतले बताए। वडा नम्बर १ ले समन्वय गरेको शुक्रबारको अभियानमा स्थानीयको उल्लेख्य सहभागिताले आफूहरु काम गर्ने हौसला मिलेको उनको भनाइ थियो। महानगरले विराटनगरलाई उत्तरी, मध्ये र दक्षिणी क्षेत्रमा बाँडेर हरेक शुक्रबार सरसफाई विशेष अभियान सञ्चालन गर्दै आएको छ।

प्रकाशित: १४ आश्विन २०७९ १२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App