१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

पूर्वराजाको शुभकामना: दशैं सत्य स्थापित, सद्भाव जागृत र दानवी तात्पर्य नाश गर्ने पर्व

पूर्वराजा ज्ञानेन्द्र शाहले भिडियो सन्देश मार्फत दशैं पर्वको शुभकामना दिएका छन्।

आज एक भिडियो सन्देश मार्फत दशैंको शुभकामना दिँदै पूर्वराजा शाहले समाजमा सत्य स्थापित गर्ने, सद्भाव जागृत गर्ने र दानवी तात्पर्य नाश गर्ने दशैं पर्वको आदर्श भएको बताएका छन्। यस्तै उनले अहिलेको.समय देशभक्त नेपालीहरुका लागि सजिलो नरहेको बताएका छन्।  

शाहले राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यताहरु र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीय राज्य व्यवस्थाको पक्षमा समर्पित हुन देशभक्त नेपालीहरुलाई आग्रह समेत गरेका छन्।

यस्तो उनको भिडियो सन्देश

प्यारा नेपाली दिदिबहिनी तथा दाजुभाई, समाजमा सत्य स्थापित गर्ने, सद्भाव जागृत गर्ने र दानवी तात्पर्य नाश गर्ने दशैं पर्वको आदर्श हो। हाम्रो संस्कार र व्यवहारमा दशैं मनाउँदा विद्यमान पद्धति र जीवनप्रकृतिको गहिरो दृष्टि हेर्दै जानुपर्छ। शान्ती होस्, सदाचार रहोस् र आपसी सद्भाव बढोस् दशैं पर्वको यहि आशय हो। त्यसैले यस पावन अवसरमा देश भित्र र बाहिर रहे बसेका सबै नेपालीहरुमा हामी मंगलमय शुभकामना व्यक्त गर्दै हामीलाई लागेको छ कुनै पनि देशभक्त नेपालीलाई यो समय सजिलोसँग बितिरहेको छ जस्तो लाग्दैन।राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यताहरु र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीय राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरुको चोखो चाहना परिपुर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरुन्। जय नेपाल’

प्रकाशित: १४ आश्विन २०७९ ०३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App